नियम २३
नगरपालिकामा रहने खाता सम्बन्धी व्यवस्था
(१) नगरपालिकाले ऐन तथा यस
नियमावली बमोजिम खोल्ने खाताहरु, खाताको वर्गीकरण र सो सम्बन्धी अन्य कुराहरु
मन्त्रालयले व्यवस्था गरे बमोजिम हुनेछ ।
(२) नगरपालिका कोषको खाता ऐनको दफा १२६ मा उल्लेख भए अनुसार
सचिव र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ ।
नगरपालिकाका अन्य खाता सचिव वा निजले तोकेको अधिकारी र लेखा प्रमुख वा
निजले तोकेको लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ ।